देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ललितानिवासको जग्गा हडप्नेलाई सरकारले कुनै पनि हालतमा उन्मुक्ति दिदैन :सञ्चारमन्त्री बाँस्कोटा

देशान्तर

काठमाडौं: सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपाल कम्युनिस्ट पार्टी नेकपा का महासचिव विष्णुप्रसाद पौडेल नै भूमाफियाबाट ठगिएको बताएका छन्। सरकारको नियमित पत्रकार सम्मेलनमा बिहीबार सञ्चार मन्त्री बास्कोटाले बालुवाटारस्थित ललितानिवास हडप्नेलाई सरकारले कुनै पनि हालतमा उन्मुक्ति नदिने बताउँदै पार्टीका महासचिव नै ठगिएको दाबी गरे।
‘उहाँ पौडेलआफैंले किनेको जग्गा नै नक्कली परेछ। उहाँ अपराधी होइन, पीडित हो’, मन्त्री बास्कोटाले भने, ‘सरकारी जग्गा खरिदमा उहाँ पौडेल को संलग्नता छैन। त्यहाँ अरू नै संलग्न छन्। सरकारले जग्गा रोक्का गरिसकेको छ। सरकारी सम्पत्तिको रक्षा गर्ने जिम्मा सरकारको हो र गर्छ। पीडित र पीडक सञ्चारमाध्यमले छुट्याउनुपर्छ।’ ललितानिवास हडप्नेमाथि कारबाही प्रक्रिया अघि बढाइसकेको दाबी गर्दै मन्त्री बास्कोटाले भने, ‘सरकारले ललितानिवास फिर्ता गर्न आवश्यक प्रक्रिया अघि बढाइसकेको छ।