देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओलीको निजी क्षेत्रलाई विद्युतीय बस निर्माण गर्न आग्रह

देशान्तर

विद्युतीय बस निर्माण गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई विद्युतीय बस निर्माण गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले नेपाल उद्योग वाणिज्य महासंघको ५३औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । कानुनी विषयमा नमिलेका र अस्पष्ट रहेका छन् भने सरकार त्यसलाई समाधान गर्न तयार रहेको पनि उनले बताए ।
प्रधानमन्त्री ओलीले लगानीको वातावरण बनिसकेको छ, खुलेर उद्योग क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे । स्वदेशी लगानीको वातावरण बनाउन सरकारले सबै कानुनी संरचना निर्माण गरिसकेका छन् । कानुनी संरचनाबाट कुनै समस्या आए उद्योग निजीलाई सरकार सच्याउन तयार भएको उनले बताए ।

प्रधानमन्त्री ओलीले सरकार सार्वजनिक निजी साझेदारी पीपीपी मा काम गर्न इच्छुक रहेको बताए । उनले पीपीपीका लागि निजी क्षेत्रभन्दा सरकार बढी उदार रहेकोमा जोड दिए । ‘अहिले सरकार पब्लिक प्राइभेट पार्टनरसिपमा काम गर्न सरकार विल्कुलै तयार छ । त्यसका लागि प्राइभेट सेक्टरभन्दा सरकार बढी उदार छ,’ प्रधानीमन्त्री ओली भने ।

प्रधानमन्त्रीले निजी क्षेत्रलाई लगानीका लागि राम्रो वातावरण बनाउन केके गर्नुपर्छ योजना बनाउन आग्रह गरे । उनले निजी क्षेत्र उद्योग व्यवसायीका आवश्यक माग पूरा गर्न तयार भएको बताए ।