देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हरेक वर्ष वैशाख २ गते विद्यार्थी भर्ना दिवस मनाउने मन्त्रिपरिषद्को निर्णय

देशान्तर

सरकारले विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन हरेक वर्ष वैशाख २ गते विद्यार्थी भर्ना दिवस मनाउने घोषणा गरेको छ । हिजो साँझ बसेको मन्त्रीरिषद् बैठकले उक्त निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले बताउनुभयो । उहाँका अनुसार अवको दुई साता भर्ना अभियानका रुपमा मनाउने उद्देश्य राखिएको छ । सरकारले यो वर्ष १० लाख बालबालिकाललाई विद्यालय भर्ना गर्ने लक्ष राखेको छ । ‘सबै बालबालिकालाई विद्यालय पठाऔँ, नेपाललाई शिक्षितको देश बनाऔ’ भन्ने नाराका साथ सरकारले विद्यार्थी भर्ना अभियान सुरु गरेको हो । तर १५ वर्ष अघि नै सुरु भएको यो अभियानलाई प्रभावकारी बनाउने विशेष कार्यक्रम गर्न थालिएको मन्त्री पोखरेलले बताउनुभयो ।