काठमाडौं:नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण आज राजधानीसहित देशभरको विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।
बिहानको समयमा राजधानीमा सार्वजनिक सवारी साधन कम चलेका छन् भने राजधानी बाहिरिने र भित्रिने सवारी साधन पनि प्रभावित बनेका छन् ।
आफ्ना पक्राउ परेका नेता कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव समूहले बन्दको आह्वान गरेको हो ।
विप्लव समूहले कलकारखाना, शैक्षिक संस्था, यातायात र व्यापार व्यवसाय सबै बन्द हुने जनाएको छ ।
सरकारले विप्लव समूहले हिंसात्मक गतिविधि गर्न थालेको भन्दै प्रतिबन्ध लगाएर सो समूहमाथि तीब्र धरपकड जारी राखेको छ ।





प्रतिक्रिया