देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जंगी अड्डाले जारी गर्यो सैनिक आचार संहिता

देशान्तर

काठमाडौं– नेपाली सेनाले सैनिक आचार संहिता जारी गरेको छ।

प्रधान सेनापति पूर्णचन्द्र थापाले शुक्रबार एक कार्यक्रमका बीच सैनिक आचारसंहिता २०७६ जारी गरेका हुन्।

नेपाली सेनामा कार्यरत कर्मचारीले सेवा रहँदा र सेवा निवृत भइसकेपछि के गर्ने के नगर्ने भन्नेबारे उक्त आचार संहिताले प्रष्ट पार्ने नेपाली सेनाले जनाएको छ।

बैसाख ६ गतेदेखि १३ गतेसम्म आचार संहिता सप्ताह कार्यक्रम समेत गर्ने जनसम्पर्क निर्देशनालयले जनाएको छ।

केही समयअघि मात्रै सेनाका एक पूर्वउच्च अधिकारीले बोलेको अभिव्यक्ति विवादास्पद भन्दै नेपाली सेनाले उनलाई सचेत समेत गराएको थियो।

‘आचार संहिताको सप्ताह : सैनिक सदाचारको उत्साह’ भन्ने मूल नारा दिइएको छ।

कार्यक्रममा आचार संहिता सम्बन्धी तयार पारिएको ब्रोसर समेत उद्घाटन गरिएको थियो भने डकुमेन्ट्री समेत देखाइएको थियो।