देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नारायणी अस्पतालमा अख्तियारको छापा

देशान्तर

वीरगन्ज । वीरगन्जमा रहेको नारायणी अस्पतालमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर अस्पताल प्रशासनका कागजपत्र नियन्त्रणमा लिएको छ ।

हेटौंडास्थित अख्तियारको क्षेत्रीय कार्यालयबाट सूचना अधिकारी देवकुमार राईको नेतृत्वमा आएको टोलीले अस्पतालमा छापा मारेको हो ।

औषधि र उपकरणको खरिद, कर्मचारी नियुक्ति लगायत विषयमा अनियमितता भएको खबर सञ्चार माध्यममा आएपछि बुधबार अख्तियारको टोलीले अस्पतालमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको हो ।

छापा मार्ने क्रममा अख्तियारको टोलीले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर एनामुल हकका साथै अस्पतालका कर्मचारीहरु विजय यादव, सचिन्द्र यादव र दामोदर पौडेलसंग झण्डै ५ घण्टासम्म सोधपुछ पनि गरेको थियो ।

सोधपुछपछि अख्तियारको टोलीले केही कागजातहरु लिएर हेटौंडा फर्किएको अस्पतालका कर्मचारीहरुले बताएका छन् ।

अस्पतालमा रहेको फार्मेसीका लागि सप्लायर्सले सस्तोमा ठेक्का सकार गरेको हाइड्रोजन परअक्साइड नामक रसायन, नारायणी अस्पताल प्रशासनले सप्लायर्स खरिद नगरी १३ गुणा भन्दा बढी मुल्यमा बजारबाट खरिद गरेको तथ्य केही दिन पहिले सार्वजनिक भएको थियो ।