देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नापी कार्यालय परासीका सर्वेक्षक २० हजार घुससहित पक्राउ

देशान्तर

काठमाडौं । नापी कार्यालय परासीका एकजना सर्वेक्षक २० हजार रुपैयाँ घुससहित समातिएका छन् ।

नापी सर्वेक्षक छत्रबहादुर ठकुल्ला २० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले उनलाई सेवाग्राहीसँग घुस लिँदा लिँदै आइतबार कार्यालयबाटै पक्राउ गरेको हो। अख्तियारका अनुसार बर्दघाट नगरपालिकाका सेवाग्रहीको पूर्जामा १८ धुर जग्गा नक्सामा पनि मिलाइदिने भन्दै उनले २० हजार घुस मागेका थिए।

पूर्जामा रहेको जग्गालाई नक्सामा पनि क्षेत्रफल सुधार गरेर मिलाइदिने भन्दै उनले घूस लिएको खुलेको छ।