देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एनआईसी एशिया बैंकको संचालन मुनाफा ३ अर्ब २२ करोड रुपैयाँ

देशान्तर

काठमाडौं । एनआईसी एशिया बैंक लिलिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा विन्दुगत आधारमा १४८ प्रतिशत संचालन मुनाफा आर्जन गरेको छ । यस अनुरुप बैंकले आफ्नो मुनामा १ अर्ब ९२ करोडले वृद्धि गरी ३ अर्ब २२ करोड संचालन मुनाफा आर्जन गरेको बैंकले जनाएको छ ।

एनआईसी एशिया बंैकले चालु आ.व. २०७५/७६ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सोमबार सार्वजनिक गरेको हो । उक्त वित्तीय विवरणका परिसूचकहरु अत्यन्त उत्साहजनक रहेको बैंकले जनाएको छ ।

बैंकको खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा १४५ प्रतिशत (रु. १ अर्ब ३५ करोड) को वृद्धि सहित रु. २ अर्ब २७ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको खुद मुनाफा रु. ९३ करोड रहेको थियो ।

बैंकले यस आर्थिक वर्षमा ३३.५ प्रतिशत (रु. ५७ अर्ब २४ करोड) को वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ५० प्रतिशत (रु. ७५ अर्ब ८१ करोड) को वृद्धि गरी वासलातको आकार रु. २२८ अर्ब १९ करोड पुर्याउन सफल भएको छ । जस अन्तर्गत कर्जातर्फ यस आर्थिक वर्षमा २४ प्रतिशत (रु. २९ अर्ब ) को वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ३७ प्रतिशत (रु. ४० अर्ब ५३ करोड) को वृद्धि गरी रु. १४९ अर्ब ५० करोड र निक्षेप संकलनतर्फ यस आर्थिक वर्षमा १८ प्रतिशत (रु. २६ अर्ब ८७ करोड) को वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ३३ प्रतिशत (रु. ४४ अर्ब ३७ करोड) को वृद्धि गरी रु. १७८ अर्ब ९ करोड पुर्याउन सफल भएको छ । यसरी निक्षेप तथा कर्जामा यस बैंक अन्य सम्पूर्ण वाणिज्य बैंकहरु भन्दा शिर्ष स्थानमा रहेको जनाएको छ ।

बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय १२४ प्रतिशतले वृद्धि गरी रु. ३४.७१ तथा स्वपूँजीमा प्रतिफल ९० प्रतिशतले वृद्धि गरी २१.४६ प्रतिशत पुर्याउन सफल भएको छ ।

एनआईसी एशिया बैंकले मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखारहित बैंकिङ ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । यसअनुरुप एनआईसी एशिया मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १६ लाख रहेको छ र संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले परिपालना गर्दै आएको जनाइएको छ ।