देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अमर लामा किन मारिए कमरेड प्रचण्ड ? -कांग्रेस प्रबक्ता शर्मा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका प्रबक्ता बिश्व प्रकाश शर्माले मदन—आश्रत हत्या प्रकरणको छानविन नभएको बिषयलाई पुन दोहोर्याएका छन । शर्माले ट्विट गर्दै देशको बागडोर सवैशक्ति हातमा भएका बेला पनि मदन भण्डारीको विषयमा छानविन सुरु नहुनुले घटना थप रहस्य मय बन्दै गएको उल्लेख गरेका छन ।

सत्तारुढ दलले शुक्रबार मदन —आश्रित स्मृति दिवस मनाइरहेका बेलामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले ट्विट गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अमर लामा किन मारिए कमरेड प्रचण्ड ? भनेर प्रश्न सोधेका छन् ।

उनले ट्विटमा भनेका छन ‘‘तत्कालीन एमालेको ठहर थियो ‘षडयन्त्र’ का मतियार हुन् अमर लामा । उनलाई सबै थाहा छ । तर ती सुत्र भनिएका लामालाई गोलिले उडायो माओवादीले ।’’ उनले भनेका छन,‘‘एमाले—माओवादी एक भएपछि जरुरी छैन र यो छलफल कि सत्य जो बाट थाहा लाग्थ्यो ति अमर लामा किन मारिए ?’’

उनले अर्को ट्विटमा भनेका छन्,‘‘मदन भण्डारीकि जीवन संगिनी यतिबेला रास्ट्रपति हुनुहुन्छ र एक सहयोद्दा प्रधानमन्त्री । दासढुंगालाई मुद्दा बनाएर हिजो जे बोलियो,जे गरियो आज सत्तामा भएका बेला आवेगमुक्त भएर त्यसको निरुपण जरुरी छ ! ’’

उनले यो सुझाव प्रधानमन्त्रीलाई धैर्यसँग दिन वाम बुद्धिजीवीहरुलाई आफ्नो विनम्र आग्रह रहेको समेत उनले जनाएका छन् । शर्माले आफ्नो तेस्रो ट्विटमा सोधेका छन,‘‘त्यो रेशमी पर्दा कहाँ छ कमरेड ?मदन भण्डारीका हत्यारा रेशमी पर्दा पछाडि लुकेका छन् ।

तिनलाई हामी सत्तामा पुगेपछि बाहिर ल्याउंछौं । एमालेले बनाएको छानबिन आयोगका तत्कालीन संयोजक केपि ओलिले प्रतिवेदन सार्वजनिक गर्दै यसै भन्नुभएको थियो ! त्यो प्रतिवेदन यतिबेला कहाँ छ पिएम नेपाल ?’’

मदन भण्डारीकि जीवन संगिनी यतिबेला रास्ट्रपति हुनुन्छ र एक सहयोद्दा प्रधानमन्त्री िदासढुंगालाई मुद्दा बनाएर हिजो जे बोलियो,जे गरियो आज सत्तामा भएका बेला आवेगमुक्त भएर त्यसको निरुपण जरुरी छ !