काठमाडौं । चोरी डकैतीमा संलग्न सिन्धुपाल्चोकको मेलम्ची घरभएका काले भनिने विष्णु लामालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार बिहान काठमाडौंको टोखाबाट लामालाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिने क्रममा लामाले हतियार देखाएपछि घुडाँमूनि गोली हानेर उनलाई पक्राउ गरेको अपराध अनुसन्धान महाशाखाले जनाएको छ । लामा २०७२ सालमा ६ वर्ष जेल बसेर छुटेका थिए। त्यसयता लामाविरुद्ध ७ वटा चोरी मुद्दा रहेका छन्।
उनलाई पूर्व प्रहरी अधिकारी जयबहादुर चन्द र विश्वराज अधिकारीको घरमा चोरीमा संलग्न रहेको अरोप समेत छ ।
गोली लागेर घाइते भएका लामाको अहिले वीर अस्पतालमा उपचार भइरहेको अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।





प्रतिक्रिया