देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओलीद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई बधाई

देशान्तर

काठमाडौं । भारतीय लोकसभा चुनाव २०१९ को मतगणना जारी छ । मतगणनाको सुरुवाति परिणामअनुसार भारतीय जनता पार्टी (बीजेपी) अगाडि देखिएको छ । चुनावको अन्तिम नतिजा नआउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।

बिहीबार ट्वीट गर्दै ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका हुन् ।

प्रधानमन्त्री ओलीले ट्वीटमा भनेका छन्, ‘लोकसभा चुनाव २०१९ मा प्रचण्ड जितका लागि प्रधानमन्त्री मोदीजीलाई बधाई दिन चाहन्छु । साथै उहाँको आउँदो कार्यकालको सफलताको कामना गर्दछु । तपाईँसँग सहकार्य गरेर अघि बढ्ने आशा राख्दछु ।’

चुनावी मतपरिणामअनुसार बीजेपी एक्लैले पनि भारतमा नयाँ सरकार बनाउने देखिएको छ । साथै उ नेतृत्वको एनडीएको समेत मिलाउँदा झण्डै ३४० सिट पुग्न सक्ने देखिन्छ । तर यो नतिजा अन्तिम भने होइन । मतगणना भैरहेकाले केही सिट उलटफेर भने हुन सक्नेछ ।

सुरुवाति मतगणनामा बीजेपी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन (एनडीए) ३०० भन्दा बढी सिटमा अगाडि रहेको छ । बीजेपी एक्लै २८० भन्दा बढी सिटमा अगाडि रहेको छ । कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन ९यूपीए० १०० आसपास सिटमा अगाडि रहेको छ भने अन्य दल १०० भन्दा बढी सिटमा अगाडि रहेका छन् । ५४३ सिट रहेको भारतीय लोकसभामा सरकार बनाउन २७२ सिट आवश्यक पर्छ ।