काठमाडौं । तनहुँ जिल्ला अदालतका तत्कालिन न्यायाधीश ओमकार उपाध्ययमाथि आइतबार विषेश अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । उपाध्यायको शैक्षिक प्रमाणपत्र नक्कली रहेको र न्यायसम्पादनमा कैफियत देखिएको भन्दै न्यायपरिषदले मुद्दा दर्ता गरेको हो ।
उजुरीमाथि छानबिन चलिरहेकै बेला न्यायाधीश उपाध्यायले २ जेठमा राजीनामा दिएका थिए । उजुरीपछि उनलाई कारबाहीस्वरूप न्यायपरिषद् तानिएको थियो ।
नक्कली शैक्षिक प्रमाणपत्रसँगै भारतीय नागरिकले वंशजका आधारमा नागरिकता लिएको मुद्दामा कम सजाय दिएकोबारे पनि उनीमाथि उजुरी परेको थियो ।





प्रतिक्रिया