देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बादरमुढे घटनाको १४ वर्षः न्यायदिने दाहाल आफै अन्यायमा

देशान्तर

काठमाडौँ । चितवनको बादरमुढेमा ३८ जनाको मृत्यु हुनेगरि भएको घटनाको आज १४ वर्ष पुरा भइरहेको अवस्थामा सोहि क्षेत्रको मतबाट स्ंघीय संसदमा पुगेका नेकपा अध्यक्षले दिएका आश्वासन भने पुरा भएका छैनन् । बरु तत्कालिन घटनाका दोषी ठानिएको नेकपा अध्यक्ष अहिले आफै पार्टी एकतापछि राजनितिको शिकार भइरहेका छन ।

नेकपा अध्यक्ष दाहालले नेतृत्व गरेको तत्कालीन माओवादीले यात्रुले भरिएको बसलाई लक्षित गरि गराएको बम विस्फोटमा परी ३८ जनाको घटनास्थलमै मृत्यु भएको थियो । तर, घटनामा परि मृत्युभएका परिवारले अहिलेसम्म पनि न्याय पाउन सकेका छैनन् । सशस्त्र द्वन्द्वका नेतृत्वकर्ता पुष्पकमल दाहालले गत संसदीय चुनावका बेलामा घटनापीडितसँग गरेका थिए । तर, ती तीनबुँदे लिखित सहमति पनि अहिले अलपत्र छन्  ।

चितवनको निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने बाँदरमुढेबाढ नेकपाका नेता दाहालले पीडितसँग लिखित सहमति गर्दै मृतकमा आश्रित परिवारका लागि काम गर्न सक्नेलाई रोजगार तथा स्वरोजगार, नसक्नेलाई जीवनवृत्ति र बालबालिका पढाउने लगाउतका प्रतिवद्धता जनाएपनि त्यो अझै पुरा हुन सकेको छैन ।

चुनावी प्रचार अभियान अन्तरगत माडी पुगेका नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बाँदरमुढे स्मारकमा माल्र्यापण गर्दै आश्वासन दिएका थिए । माडीको बाँदरझुला जाने क्रममा अध्यक्ष दाहालले स्मारकमा पुगी श्रद्धाञ्जली व्यक्त गर्दै व्यक्त गरेका प्रतिबद्धताहरु उनि दुइपटक प्रधानमन्त्री हुँदा पनि पुरा भएनन् ।

विं.स.२०६२ साल जेठ २३ गते बिहान माडीको अयोध्यापुरीबाट नारायणगढतर्फ आइरहेको ना२ख ३२४५ नं. को यात्रुले खचाखच भरिएको बस कल्याणपुर र वसन्तपुर बजारको बीचमा पर्ने बाँदरमुढे खोलामा तत्कालिन नेकपा माओवादीको विद्युतीय धरापमा पर्दा ३८ जनाको ज्यान लिएको थियो । ७२ जना घाइते भएका थिए । सो घटनामा तत्कालिन नेकपा माओवादीले ठूलो भूल भएको भन्दै सार्वजनिक माफि समेत मागेको थियो ।

पहिलो पटक प्रधानमन्त्री भएपछि माडीमा आयोजित ‘पहिलो माडी महोत्सव’को उद्घाटनका सिलसिलामा ०६९ फागुन १७ गते दाहाल माडी पुगेका थिए । त्यसपछि माडी पुग्न नसकेका प्रचण्ड सोही क्षेत्र समेटेर बनेको निर्वाचन क्षेत्रका उम्मेदवार बनेपछि कार्तिक १८ गते माडी पुगेका थिए ।

उनले त्यो बेला पीडितसँग प्रत्यक्ष भेटघाट पनि गरेनन् भने सो घटनास्थलसम्म पनि पुगेनन् । पीडितसँग दाहालले ०६३ कार्तिक ३ गते फुलबारीमा भेटेर न्याय दिलाउँछु भनेर प्रतिवद्धता पनि जनाएका थिए । तर, हालसम्म सो घटना गराउने व्यक्तिलाई कारवाही गरिएको छैन् ।

उक्त समयमा दाहालले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो गल्ती भएको बताएका थिए । माडीको बाँदरमुढेमा निर्मित स्मारकमा माल्यार्पणका क्रममा उनले बाँदरमुढेका पीडितप्रति आफ्नो सधैं सम्मान रहेको बताएका थिए । दाहालले पीडित परिवार र मृतकका पक्षमा दीर्घकालीन प्रकृतिका काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । चितवन क्षेत्र नं ३ बाट दाहाल वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् ।