काठमाण्डौ । बिहीबार साँझ सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको मौसममा बदली हुने क्रम अहिले पश्चिम र मध्य क्षेत्र हुँदै पूर्वमा समेत सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आगामी ३ दिनसम्म मेघ गर्जनसहित वर्षा तथा हावाहुरीको समेत सम्भावना रहेको स्पष्ट पारेको छ।
आज आगामी ३ दिनको मौसमी विवरण सार्वजनिक गर्दै महाशाखाले शुक्रबार पश्चिम, मध्य तथा पूर्व क्षेत्रमा हावाहुरी तथा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ। ’शुक्रबार दिउँसो देशका पूर्वी र मध्य भू(भागमा सामान्य बदली रहने र पश्चिमी भू(भागमा आंशिक बदली रही पश्चिमी भू(भागका थोरै स्थानहरु र मध्य तथा पूर्वी भू(भागका केही स्थानहरुमा हावाहुरी मेघ गर्जनसहित वर्षाको सम्भावना छ,’ महाशाखाले उल्लेख गरेको छ।
आज देशका उच्च हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको बताइएको छ।





प्रतिक्रिया