देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रेगुलेटर जोड्दा जोड्दै ग्यास सिलिन्डर पड्कियो सात जना घाइते, दुई गम्भीर

देशान्तर

काठमाण्डौ । बाराको डुमरवानामा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा एकै परिवारका दुईसहित सात जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१४ स्थित स्याउली बजारमा नरजमान थिङको घरमा सिडिन्डर पड्किएको हो ।

घटनामा ६७ वर्षीय नजरमान थिङसहित उनकी बुहारी ३२ वर्षीया ज्ञानीमाया थिङ, ३२ वर्षीय बौद्धमान थिङ, ३२ वर्षीय अनिता थिङ रहेका छन् । त्यसैगरी ४८ वर्षीया दिलमाया वाइबा, ५५ वर्षीया साईमाया वाइबा, ३२ वर्षीया दिलमाया वाइबा पनि सिलिण्डर पड्किएर घाइते भएका छन् ।

घाइतेहरुको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको शरीरको विभिन्न भाग र कपाल जलेको छ । घाइतेमध्ये नजरमानकी बुहारी ज्ञानीमाया र अनिताको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब निरीक्षक कलमबहादुर शाहीले जानकारी दिएका छन् ।

प्रनानि शाहीकाअनुसार रेगुलेटर जोड्ने क्रममा ग्यास लिक भएको र आगो बाल्दा ग्यास पड्किएको हो । नजरमानकी बुहारी ज्ञानीमायाले चिया पकाउनका लागि सिलिण्डरमा रेगुलेटर जोड्न लागेकी थिइन् । उनको घरमा छलफल गर्नका लागि छिमेकी आएका थिए ।