देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओलीले जेनेभामा पुगेर भने अब नेपालमा राजनीतिका कुरागर्न छुटछैन्

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको नेपालमा राजनीतिको मात्र गफ पिटेर नचल्ने भन्दै यस्ता गफ पिटेर बस्ने छुट दिन नसकिने बताएका छन । उनले नेपालको लक्ष्य विकास भएको बताउँदै विकासको मूल एजेण्डा भन्दा बाहिर अरु गफ पिट्न नपाइने बताए ।

युरोपका तीन देशको भ्रमणको क्रममा स्वीजरल्याण्ड पुगेका प्रधानमन्त्री ओलीले जेनेभास्थित नेपाली दूतावासद्वारा साँझ आयोजित कार्यक्रममा स्थानीय नेपाली समुदायलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले ट्विटमार्फत् जनाएअनुसार सो अवसरमा प्रधानमन्त्रीले विकासको मुद्दाबाट कोही उम्किन नपाउने र नेपाल र नेपालीलाई आर्थिक सामाजिक रुपान्तरण चाहिएको बताएका थिए ।

आजको नेपालमा राजनीतिको मात्र गफ फिटेर चल्दैन । विकास राष्ट्रको मूल एजेण्डा बनिसकेको छ । बिकासको मुद्दाबाट कोही उम्किन पाउँदैन, नेपाल र नेपालीलाई आर्थिक सामाजिक रूपान्तरणको चाहिएको छ ।

उनले स्वीजरल्याण्डमा भएको विकासले हामीलाई झक्झक्याउनुपर्ने जनाउँदै ८ मिलियनले यति विकास गर्न सक्छन् भने हामी २८ मिलियनले किन गर्न सक्दैनौं भनेर प्रश्न समेत गरेका थिए ।

उनले एक पल्टको नेपाली सदैव नेपाली हुने जनाउँदै गैरआवासीयहरुले राजनीतिक अधिकार एक ठाउँमा मात्र प्रयोग गर्नुपर्ने जनाए । उनले एउटा देश छान्नुपर्छ बाँकी सबै अधिकार गैरआवासीय नेपालीहरुले पनि पाउने जनाएका थिए ।

प्रधानमन्त्री ओली आइतबार नै जेनेभा पुगेका थिए । त्यहाँस्थित नेपाली राजदूत मणिप्रसाद भट्टराईले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको रात्रिभोजका क्रममा प्रधानमन्त्रीले जेनेभास्थित नेपाली समुदायलाई सम्बोधन गरेको जनाइएको छ ।

उनलाई विमानस्थलमा राजदूत भट्टराई,जेनेभाको क्यान्टोनका प्रतिनिधि र विमानस्थलका प्रोटोकल अधिकारीले स्वागत गरेको जनाइएको छ । प्रधानमन्त्री ओलीले आज आइएलओ शतवार्षिकी समारोहलाई सम्बोधन गर्दैछन् ।