काठमाडौँ । पुल उद्घाटन गर्न गएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी खोलामा डुबेको छ । सहरे खोला पुलको शिलान्यास गरी फर्कने क्रममा मन्त्री सवार गाडी खोलामा डुबेको हो । पुलको शिलान्यास गरेर फर्केको मन्त्रीको गाडी खोलामा पुल नभएकैले फसेको हो ।
बा २ झ ४०२९ नम्बरको गाडी खो लामा आधा डुबे पनि सुरक्षाकर्मीको सहयोगमा मन्त्री महासेठलाई बाहिर निकालिएको थियो । खोला तर्ने क्रममा गाडी डुबे पनि मन्त्री भने सकुशल रहनु भएको छ । त्यस्तै खोलामा डुबेको सवारी साधन क्रेनको सहयोगमा बाहिर निकालिएको छ ।
खोला बढेसँगै बिग्रिएको बाटोलाई मर्मत गरिएको थियो तर मन्त्रीका सवारी चालकलाई ग्रामीण सडकको बारेमा राम्रो जानकारी नहुँदा दुर्घटना हुन पुगेको बताइएको छ । पुला उद्घाटन गर्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारको अबको एजेण्डा विकास भएको बताएका थिए । अर्जुन चौपारी गाउँपालिका–३, को सहरे पुलको शिलान्यास गर्दै मन्त्री महासेठले विकास निर्माणमा टुटेर नभई सबै जुट्नु पर्ने बताए ।
सरकारले चुनावमा गरेका वाचालाई पूरा गर्न लागेको बताउँदै मन्त्री महासेठले सरकारले ल्याएको बजेटबाट नागरिकले राम्रोसँग जानकारी पाइसकेको बताए । अहिलेको बजेटमा देशभरका ८० सडकलाई प्राथमिकतामा राखेको बताउँदै मन्त्री महासेठले स्याङ्जाको सेतिदोभान–घण्टे–पर्वत सडक र वालिङ–बारिकुना–चापाकोट–रामपुर सडक परेको बताए ।
सरकारले स्याङ्जालाई विशेष ढंगले हेरेको बताउँदै मन्त्री महासेठले सिद्धार्थ राजमार्गलाई चार लेनको बनाउन लागेको बताउदै पुललाई चाँडो निर्माण गरेर सुरु गर्न आग्रह गरे । सडक सञ्जाल बनेमा आर्थिक बिकासमा टेवा पुग्ने बताउँदै मुख्य सचिव रेग्मीले आफू स्याङ्जाको भएकाले यहाँको विकासमा सधैँ सहयोग गर्ने बताए ।
सडक डिभिजन कार्यालय पोखराले निर्माण गर्न लागेको पुल अर्जुन चौपारी–३ हँदै आँधीखोला–१ जोड्ने मार्ग हो । पुल तीन करोड सात लाख सात हजार ५ सय १० रुपैयाँमा निर्माण हुन लागेको हो । डेढ वर्षमा निर्माण सक्ने गरी जीएसआर निर्माण सेवा पोखराले काम थालेको डिभिजन प्रमुख हरिप्रसाद पोखरेलले जानकारी दिनुभयो ।





प्रतिक्रिया