देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसले संस्कृति मास्ने गुठी विधेयक विरुद्ध अभियान चलाउने

देशान्तर

काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसको संसदीय दलले सरकारद्वारा प्रस्तुत गुठीसम्बन्धी विधेयकले मुलुकको परम्परा, धर्म, संस्कृति र सभ्यतामाथि प्रहार गरेको निष्कर्ष निकालेको छ ।

संसदीय दलले शनिबार सिहंदरबारमा गुठीसँग सम्बन्धित विज्ञ, गुठियार प्रतिनिधि तथा सरोकारवालासँग छलफल गरेपछि विधेयक संविधानको प्रावधान र व्यवस्थाको समेत प्रतिकूल रहेको ठहर गरेको छ ।

कांग्रेस संसदीय दलले विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । बैठकपछि प्रमुख सचेतक बालकृष्ण खाँडद्वारा जारी विज्ञप्तिमा विधेयक फिर्ता गराउन गुठियार र सरोकार राख्ने सम्बन्धित सबै पक्षबाट भइरहेको आन्दोलनलाई आफ्नो पार्टीले समर्थन गर्ने र संघीय संसदमा सशक्त दबाब सिर्जना गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।