हुम्लाको खार्पुनाथमा गएको मंगलबार भएको जिप दुर्घटनाका १० जना ब्यक्ति अझै बेपत्ता छन् । मंगलबार दिउसो करिब १ बजे तिर भएको दुर्घटनामा जीप कर्णाली नदीमा खसेको दुई दिन बितिसक्दा पनि अवस्था अझै अज्ञात छ । खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनास्थित कर्णाली नदीमा बेपत्ता भएको लु१ ज ७१ ६६ नम्बरको जीपको खोजी कार्यका लागि कुरिनटारबाट गोताखोरसहित सशस्त्र प्रहरी बल निरीक्षक लक्ष्मण बस्नेतको नेतृत्वमा १० जनाको टोली घटनास्थल पुगे पनि पानीको बहाव बढी भएका कारण पत्ता लगाउन समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार जीप दुर्घटना भएको स्थानदेखि कर्णालीको किनारैकिनार खोज्दै जाँदा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्दु हमाल शाहीको एउटा झोला भेट्टाएको भए पनि जिपमा सवार यात्रुहरुको अवस्था अझै अज्ञात रहेको छ । गोताखोरसहित सुरक्षाकर्मीले खोजी गरिरहे पनि कर्णाली नदी बग्ने भूबनोटले अप्ठ्यारो बनाएको अनुसन्धानमा खटिएका अधिकारीहरुले बताएका छन् ।





प्रतिक्रिया