देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बजारमा सुनको भाउ बढेपछि किन्नेभन्दा बेच्ने धेरै

देशान्तर

काठमाडौँ  ।  नेपाली बजारमा सुनको भाउ बढेसँगै सर्वसाधारणहरु सुन किन्नभन्दा बेच्न लागेका छन् ।

शुक्रबार नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ६५ हजार पुगेपछि आफूसँग भएको सुन बिक्री गर्नेको संख्या बढेको हो ।

मूल्य बढेको मौकालाई अवसरका रुपमा लिनेले आफूसँग भएको सुन बेच्ने गरेका छन् । सिजन पनि नहुनु र भाउ पनि महंगो हुँदा बजारमा कारोबार ठप्प जस्तै रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले बताउनुभयो ।

अहिले सुनका गहना किन्ने भन्दा पनि बेच्न खोज्नेको संख्या बढी रहेको उहाँको भनाइ छ । सुनको मूल्य बढेपछि बिक्रीमा भने कमी आएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण नेपाली बजार प्रभावित भएको हो । बजारमाग दुई दिनमै घटेको छ ।

यसअघि दैनिक २५(३० किलोसम्म कारोबार हुने गरेकोमा अहिले दैनिक २० किलो पनि कारोबार नभएको शाक्यले बताउनुभयो । शाक्यका अनुसार मूल्य अझै बढ्ने अनुमान छ । सुन किन्नुपर्ने वा बेच्नुपर्ने उपभोक्तालाई आवश्यकताअनुसार किनबेच गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।