देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुनकोशीमा कार दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

देशान्तर

काठमाडौँ ।  विपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउपालिका –२ कमेरेफाँटमा मंगलवार विहान–२ बजे कार दुर्घटना हुदाँ एकै परिवारका दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। अरु दुई जना घाइते भएका छन्। खोटाङ हलेसीबाट काठमाडांै तर्फ आउदै गरेको बा।१३ च ३७९३ नम्बरको कार सुनकोशी नदीमा खसेको हो। दुर्घटनामा परी कारमा सवार काठमाडौं महानगरपालिका –३१ नयाँबानेश्वर बस्ने ४५की हेमा लामिछाने र सोही ठाँउ बस्ने वर्ष ६० का अच्चुत लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। मृत्यु हुने दुई जना जेठाजु बुहारी हुन्। दुर्घटनामा कारका चालक सोही ठाउँका मृतक हेमा लामिछानका श्रीमान ५८ वर्षका दिपक लामिछाने र मृतक अच्चुतकी २६ वर्षिया छोरी आस्था लामिछाने घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्र बहादुर श्रेष्ठले जानकारी दिए। घाइते दुवैको अवस्था मध्यम रहेको उनको भनाइ। कार आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल सुनकोशी नदीमा खसेको उनले बताए।