काठमाडौँ । विषादी परीक्षण नगरेका तरकारी र फलपूmल आयातमा सरकारले रोक लगाएको छ । तर, नाकामा न प्रयोगशाला छन् न कर्मचारी । पछिल्लो एक सातामा तरकारी र फलफूल बोकेका १०३ ट्रक विभिन्न नाकामा रोकिएका छन् ।
तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार सुनौली–भैरहवा नाकामा ५८, काँकडभिट्टामा १९, वीरगन्जमा १४, कैलाली र विराटनगरमा ६–६ ट्रक रोकिएका छन् । ‘विषादी परीक्षणका लागि भनेर भन्सार पास गरेका तरकारी र फलपूmलका ट्रक रोकिएका छन्,’ उनले भने ।
सरकारले पूर्वतयारीविनै विषादी परीक्षण गरेर मात्र तरकारी आयात गर्ने निर्णय गर्दा समस्या भएको हो





प्रतिक्रिया