देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कार्डवाला यात्रु ‘दशको माल

देशान्तर

काठमाडौं । सामान्यतस् काठमाडौं उपत्यकाको रुटमा सार्वजनिक सवारी प्रयोग गर्दा कार्ड छुटपछि तिर्नुपर्ने भाडा दश रुपैयाँ हो । विद्यार्थी, अशक्त, बृद्ध एवं जनआन्दोलनका घाइतेलगायतले परिचयपत्रका आधारमा बस तथा माइक्रोमा न्यूनतम भाडा दश रुपैयाँ तिर्दै आएका छन् ।
बसका सहचालकले दश रुपैयाँ तिर्ने यस्ता यात्रुलाई ‘दशको माल’ भन्दा रहेछन् ।

यातायात व्यवस्था विभागको निर्देशिका अनुसार विद्यार्थी, अशक्त, बृद्ध र जनआन्दोलनका घाइतेलगायतलाई दिइने छुटसम्बन्धमा कुनै समय सीमा छैन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथका निमित्त प्रमुख एसपी रविकुमार पौड्यालका अनुसार यात्रु लिएर गुडेको हरेक सार्वजनिक सवारीमा कार्ड छुट लागू हुन्छ । ‘यति बज्यो कार्ड छुट हुन्न कसैले भन्छ भने त्यो गलत हो,’ एसपी पौड्यालले भने, ‘कसैले छुट दिन मानेन भने ट्राफिक प्रहरीलाई तत्काल जानकारी गराउँदा हुन्छ ।’

एसपी पौड्यालका अनुसार यातायात व्यवस्था ऐनअनुसार रुट परमिट पाएर सञ्चालनमा आएका यात्रुवाहक सवारीले आफूखुशी समय तोकेर कार्ड चल्ने नचल्ने घोषणा गर्न पाउँदैनन् ।