देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुशील वनस्पति उद्योग वीरगन्जमा भीषण आगलागी

देशान्तर

वीरगन्जको एक उद्योगमा भीषण आगलागी भएको छ ।
वीरगन्ज महानगरपालिका–२१ को लिपनीविर्तामा रहेको सुशील वनस्पति उद्योगमा बिहान करिब ३ बजेबाट आगलागी भएको हो ।
आगलागी अहिलेसम्म नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

आगलागी नियन्त्रण गर्न चार वटा बारुणयन्त्रको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् ।
आगलागी नियन्त्रणका लागि वीरगन्ज महानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र नेपाल आयल निगम अमलेखगन्जको बारुणयन्त्रले प्रयास गरिरहेको प्रहरीले जनाएको छ । आगलागी हुनुको कारण खुल्न सकेको छैन ।