देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुन्दरी नायिका रेजिना उप्रेती तीज गीतमा गम्मर मर्काउँदै गर्दा भेटीइन्

देशान्तर

काठमाडौं । सुन्दरी नायिका रेजिना उप्रेती तीज गीतमा गम्मर मर्काउँदै गर्दा भेटीएकी छिन् । चिनो, बरदान, अग्नीपथ, कर्णबीर, सन्देश, जय शिव शंकर, धर्मात्मा, शक्ति, राजु राजा राम, राज जस्ता कैयौँ चलचित्रमा अभिनय गरेर वाहवाही बटुलेकी यि सुन्दरीले अहिले चलचित्रमा काम पाउन छाडेपछि उनी तीज गीत मार्फत फेरी अभिनयमा फर्किने सुरमा छिन् ।

रेजिना ‘घरबार गर्ने सोँच’बोलको नयाँ तीज गीतमा देखिएकी हुन् । गीतमा गायक खुमन अधिकारी र गायिका सपना थापाको स्वर, सागर प्रधानको लयरशब्द, बिनोद बाजुरालीको संगीत संयोजन छ । अभिनेत्री रेजिनाले मोडल लोमश शर्मा र रेखा थापासंग अभिनय गरेको यो गीत बजारमा आएसँगै राम्रो चर्चा पाइरहेको छ ।