देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बैठक बसिरहेको बेला बिचैमा निस्किए मन्त्री यादव

देशान्तर

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव मन्त्रिपरिषदको बैठक चलिरहेकै बेला बिचैबाट बाहिरिएका छन्। सिंहदरबारमा जारी बैठकमा मन्त्री यादव बैठक नसकिँदै बाहिरिएका हुन्। उनले सदनका लागि आवश्यक तयारी गर्नुपर्ने भएकोले बैठकबाट बाहिरिएको बताए। भारतबाट आयात हुने तरकारीको विषादी परीक्षणका बारेमा कृषि मन्त्री र आपूर्तिमन्त्रीका कुरा बाझिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रीपरिषद बैठक बोलाएका थिए। आपूर्ति मन्त्री यादवले सोमबार पत्रकार सम्मेलन गरेर आफूलाई सचिवले थाहा नदिएको भनेर सचिवमाथि दोष थुपारेर पन्छिन खोजेका थिए।