काठमाडौँ । धनुषाको सखुवा महेन्द्रनगर र शान्तिपुर जोड्ने औरही खोलामा निर्माणाधीन पुल भत्किएको छ । पुल भत्किएपछि दुइतर्फि आवत जावत रोकिएको छ ।
अविरल वर्षासँगै आएको बाढीले निर्माणाधीन पुल भत्काएको स्थानीयले बताएका छन् । गुणस्तरहीन सामग्रीको प्रयोग गरेकाले पुल भत्केको स्थायनीहरुको भनाइ छ ।
पुलको झण्डै ६ वर्षअघि वर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले शिलान्यास गरेको थिए । रोशन कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको पुल झण्डै ६ वर्षदेखि अधुरो अवस्थामा थियो ।





प्रतिक्रिया