देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सप्तकोशीमा पानीको बहाब बढेपछी ५६ मध्ये ४१ वटा ढोका खोलियो

देशान्तर

लगातार भारी बर्षा भएपछि सप्तकोशी नदीमा पानीको बहाब बढेकाले यहाँका ५६ वटा ढोकामध्ये ४१ वटा ढोका खुल्ला गरिएको छ ।
शनिबार साँझ सम्मको अपडेट अनुसार अहिले कोशीमा ३ लाख ३१ हजार २ सय २० क्युसेक पानीको बहाब पुगेको छ ।

सुनसरीका सहायक सिडिओ चिरञ्जीवि गिरीका अनुसार पानी नरोकिएका कारण बहाब बढेकाले सतर्क रहन सुझाव दिए । यसैबीच प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, उद्योग, बन तथा बाताबरण मन्त्री जगदिश कुशियत लगायतले कोशी ब्यारेजको अनुगमन गरेका छन्।