देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

६ ओभरभित्रै ३ खेलाडी आउट ,नेपाललाई सुरुवाती झड्का

देशान्तर

मलेसियासँगको २ खेलको मैत्रिपूर्ण टि(२० क्रिकेट शृ‌ंखलाअन्तर्गतको दोस्रो खेलमा नेपाललाई सुरुवाती झड्का लागेको छ। क्वालालम्पुरको किनरारा एकेडमी ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले आक्रामक सुरुवात गर्न खोजे पनि पहिलो विकेटको रुपमा पवान सर्राफलाई गुमाएको हो।

टप एज लागेर आकासिएको बललाई क्याच गर्न नसके पनि मलेसियाका बलर सैयद अजिजले सर्राफलाई रन आउट गराएका हुन्। सर्राफले ११ बलमा २ चौकाको मद्दतमा १० रन बनाए। सर्राफपछि मैदानमा उत्रिएका उपकप्तान ज्ञानेन्द्र मल्ल पनि ३ बल मात्रै खेलेर ७ रनमा पेवेलियन फर्किए। उनले एक छक्का प्रहार गरेका थिए।

प्रारम्भिक ब्याट्सम्यानको रुपमा मैदानमा उत्रिएका कप्तान पारस खड्का पनि व्यक्ति २३ बलमा क्याच आउट भए। १९ बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गर्दै नेपाललाई आक्रमक सुरुवात दिन चाहे पनि पारी लामो समयसम्म टिक्न सकेन। उनले शनिबार भएको पहिलो खेलमा अविजित ८६ रन बनाउँदै नेपाललाई ७ विकेटको सहज जित दिलाएका थिए।

मल्ल र खड्कालाई मलेसियाका फित्री सामले छैटौं ओभरको दोस्रो र तेस्रो बलमा क्याच आउट गराएका थिए।

६ ओभरको खेल सकिँदा नेपालले ४२ रन बनाएको छ।

साउन ६ देखि सिंगापुरमा हुने टी(२० विश्वकप छनोट खेल्नुअघि नेपाल मैत्रिपूर्ण खेलका लागि मलेसिया पुगेको हो।