देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाढी-पहिरोमा परेर मृत्यु हुनेको संख्या ६० पुग्यो (नामसहित)

देशान्तर

काठमाडौं । बिहीबारदेखि परेको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण मुलुकका विभिन्‍न स्थानमा ६० जनाको मृत्यु भएको छ । बाढी पहरोमा परी ज्यान गुमाउने ६० जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीकाे विवरणअनुसार देशभर ३६ पुरुष र २४ महिला गरी ६० जनाको मृत्यु भएको हो भने ३८ जना घाइते भएका छन् । जसमा २१ जना पुरुष र १७ जना महिला रहेका छन् ।

बाढी र पहिरोमा परेर तीनदिनमा २६ जना बेपत्ता भएका छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । १४ जना पुरुष र १२ जना महिला बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाढी र पहिरोको विपत्तिमा परेका एकहजार ४४४ जनाको सकुशल उद्धार गरिएको छ ।

(मृतकको नामावली )