देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाजुरामा जिप दुर्घटना दुईजनाको मृत्यु १२ जना घाइते, उद्धारका लागि हेलिकप्टर मगाइयो

देशान्तर

बाजुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान सवा ९ बजे बाजुराको तिलुचौरबाट कालिकोट जाँदै गर्दा भुवाखोलाको उकालो चढ्ने क्रममा जिप दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा जिपका चालक कैलालीको टिकापुर नगरपालिका २६ वर्षीय रमेश बोगटी र मुगुको खत्याड गाउँपालिकाका २४ वर्षीय रामबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी हवल्दार गणेश बमले जानकारी दिए ।

घाइतेहरुको अहिले घटनास्थलमै प्राथमिक उपचार भइरहेको छ । उनीहरुको उद्धारका लागि गृहमन्त्रालयमा सम्पर्क गरी हेलिकप्टर मगाइएको प्रहरीले जनाएको छ। जिप सडकबाट झण्डै ५० मिटर तल खसेको छ ।