देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘भारतीय बाँधका कारण तराई डुबानमा’

देशान्तर

भक्तपुर – नेपाल मजदूर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले अन्तर्राष्ट्रिय मापदण्डविपरीत बनेका भारतीय बाँध र तटबन्धका कारण तराई बाढी र डुबानको मारमा परेको बताउनुभएको छ ।

भक्तपुर नगरपालिकाले सञ्चालन गरेको एक तालीमको आज समापन कार्यक्रममा उहाँले भारतीय तटबन्धले पारेको समस्या समाधान गर्न सरकार लाग्नुपर्ने बताउनुभयो । दरबार क्षेत्रमा अवस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन जीर्णोद्धार गर्न पुराना प्रमाण भेटाउन नसक्दा ढिलाइ भइरहेको बताउँदै उहाँले ऐतिहासिक र सांस्कृतिक महत्व बोकेका सम्पदा तथा सार्वजनिक र पर्ती जग्गाको अभिलेखीकरण राख्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी लगायतले भक्तपुरको प्राचीन इतिहास खोतल्न भक्तपुरका पुराना फोटोग्राफरलाई अगाडि ल्याउन आवश्यक भएको बताउनुभयो ।