देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एक्कासी भारतीय क्रिकेट टिमका पूर्व कप्तान धोनीले किन गरे क्रिकेट नखेल्ने घोषणा ?

देशान्तर

एजेन्सी । कुनै समयका भारतीय क्रिकेट टिमका रेकर्ड ब्रेकर हुन् महेन्द्रसिंह धोनी । भारतीय क्रिकेट टिमका पूर्व कप्तान तथा विकेटकीपर धोनीले कहिले सन्यास लिन्छन् भन्ने कुराले अहिले ब्यापक चर्चा पाइरहेको छ । यही चर्चा चलिरहँदा धोनीले आउँदो अगष्ट ३ बाट सुरु हुने भारतीय क्रिकेट टिमको वेस्ट इण्डिज भ्रमणमा उनी संलग्न नहुने निर्णय गरेका छन् ।

वेस्ट इण्डिज भ्रमणका लागि आइतबार भारतीय टिमको घोषणा हुनै लाग्दा धोनीले आँफुले उक्त खेलमा सहभागीता नजनाउने घोषणा गरेपछि अहिले उनको स्थानमा कसलाई खेलाउने भन्ने बारे पनि चर्चा सुरु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । प्यारामिलिट्री फोर्सको प्याराशूट रेजिमेन्टमा धोनी मानार्थ लेफ्टिनेन्ट कर्नेल हुन् । भारतीय क्रिकेट बोर्ड ९बीसीसीआई० एक शीर्ष अधिकारीका अनुसार धोनीले आफ्नो रेजिमेन्टसँग दुई महिना रहेर सेवा गर्ने भने समाचारमा उल्लेख छ ।