देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जनताले कम्युनिस्टको विकल्पमा कांग्रेस खोजेका हुनः वरिष्ठ नेता पौडेल

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले कम्युनिस्टको विकल्पमा कांग्रेसलाई खोज्न शुरु गरिसकेको बताएका छन् । विपि कोइराला मेमोरियल ट्रष्टद्वारा हेटौंडामा आयोजित जननायक विपि कोइरालाको स्मृतिमा विचार गोष्ठीमा उनले भने, ‘हुने बिरुवाको चिल्लो पात, नहुने बिरुवाको खस्रो पात भने झै शुरुदेखि नै यो सरकारले बाटो बिरायो ।’

राष्ट्रको एकताको आधार, जनताले भरोसा गर्ने राजनीतिक दल भएको काँग्रेसले आत्मा आलोचना गर्न नसकेको भन्दै आफूले लिनुपर्ने जिम्मेवारीबाट पन्छाएको बताए । उनले पार्टी सभापति देउवालाई लक्षित गरि मेरो पार्टी हो भनेर जिम्मेवारी लिनुपर्नेमा कार्यसमितिलाई देखाएर पन्छिन खोज्दा कांग्रेस बलियो नहुने बताए ।

उनले भने, ‘काँग्रेसभित्र व्यक्ति वा नेता होइन पार्टी बलियो हुनुपर्छ।’ काँग्रेसका नेता कार्यकर्ताले म सच्चिनु पर्छ भनेर अगाडि बढेमा मात्रै विपीको विचारले सार्थकता पाउने बताए ।

सरकारको विषयमा बोल्दै वरिष्ठ नेता पौडेलले नेपाली जनताले कम्युनिस्टको विकल्प खोज्न थालेको बताए। कम्युनिस्टहरुको काम देखेर जनताले गरेको विश्वास उडेको बताए । उनले वर्तमान सरकारले जहाँ छोयो त्यहीँ भ्रष्टाचार भएको बताए ।

जनताले खोजेको उपयुक्त विकल्प नेपाली काँग्रेस भएको उनको भनाई छ। पौडेलले कम्युनिस्टहरु सिद्धान्तविहीन बन्दै गएको बताए । यस्तै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’ले काँग्रेसभित्र सधैं जिम्मेवारी पाउँदा पनि पद पाएन भन्दा विपी प्रति लज्जाबोध भएको बताइन ।