देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दैलेखमा बस दुर्घटना, एकको मृत्यु

देशान्तर

कर्णाली राजमार्गको दैलेखमा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्। मंगलबार बिहान दैलेखको आठबिस नगरपालिका ५ मा ना ५ ख ७२४३ नम्बरको बस दुर्घटना भएको हो।

दुर्घटनामा परी मृत्यु हुनेमा आठबिस नगरपालिका ५ बस्ने ३३ वर्षीया दिर्जा माझी रहेको प्रहरीले जनाएको छ। घाइते ७ जनाको अहिले स्थानीय मेडिकलमा उपचार भैरहेको छ। सो बस घुम्तिमा चिप्लेर करिब ५०-६० मिटर तल खसेको प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिएका छन्।