देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विद्युतीय बसमा आकर्षण बढ्दो

देशान्तर

विद्युतीय सवारी साधनमा यतिबेला सबैको चासो बढेको छ । सञ्चालन खर्च कम हुने र वातावरणमैत्री विशेषता रहेकाले विद्युतीय सवारीमा सबैको आकर्षण बढेको हो । “पेट्रोल, डिजलबाट चल्ने सवारी सधानको तुलनामा विद्युतीय सवारी साधनको सञ्चालन खर्च ४० प्रतिशतसम्म कम हुन्छ,” विद्युतीय सवारी परिवहन संघका अध्यक्ष उमेश श्रेष्ठले भने, “इन्जिन नहुने र मोबिल पनि नलाग्ने हुँदा गियरबक्स, क्लजप्लेटजस्ता पार्ट्सको मर्मत गर्ने झन्झट यसमा हुँदैन । त्यसैले मर्मत र सर्भिसिङ शुल्कमा पनि बचत हुन्छ ।”

हालै सरकारले साझा यातायातलाई तीनसय विद्युतीय बस खरिदका लागि तीन सय करोड रुपैयाँ दिएको छ । विद्युतीय बस खरिद र सञ्चालनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझालाई यो रकम दिएको हो । “असोज अन्तिम वा कात्तिक पहिलो साताभित्रै साझाले जीटुजी वा सार्वजनिक खरिद प्रक्रियाबाट विद्युतीय बस खरिद गरी सञ्चालन गर्ने सहमति छ,” मन्त्री महासेठले बताए