सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७ Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ Phone: +९७७ ०२४-५२०५५५ Admin: radiodeshantar@gmail.com News: deshantarweekly@yahoo.com
`
ज्ञानेन्द्रको कीर्तिमानमा नेपालको पहिलो जित
देशान्तर
८ श्रावण २०७६, बुधबार
काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा नेपालले पहिलो जित हात पारेको छ ।बुधबार भएको दोस्रो खेलमा मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो ।ईण्डियन एसोसियसन क्रिकेट मैदानमा मलेसियाले दियको ८४ रनको लक्ष्य नेपालले ८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले कीर्तिमानी अर्धशतक बनाए ।टिमको कप्तानी गरिरहेको मल्लले २१ बलमा ५१ रन जोड्दै नेपालबाट टी–ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक छिटो अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाए ।मल्ल ५१ रनमा क्याच आउट भए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले पुरै ९ ओभर खेल्दै ७ विकेट गुमाएर ८३ रन बनाएको थियो । वर्षाले प्रभावित गरेपछि झन्डै ३ घण्टा ढिला सुरु भएको खेल ९ ओभरमा झारिएको हो ।मलेसियाका लागि सायद अजिजले सर्वाधिक ३० रन जोडे । यस्तै भिरनदिप सिंहले २१ रन बनाए ।नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । यस्तै बसन्त रेग्मीले २ तथा सन्दीप लामिछाने र करण केसीले १र१ विकेट लिए ।
प्रतिक्रिया