देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

फिफा वरीयतामा नेपाल एक स्थान तल

देशान्तर

फिफा वरीयतामा नेपाल एक स्थान खस्किएको छ। विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक स्थान खस्कँदै १६६औं स्थानमा पुगेको हो।

अघिल्लो महिना नेपाल १६५औं स्थानमा थियो। दक्षिण एसियाली देशमा भने नेपाल तेस्रो स्थानमा छ। नेपालभन्दा माथि भारत १०३औं स्थानमा छ। भारत एक स्थान खस्किएको हो। माल्दिभ्स १५२औं स्थानमा रहेको छ। यसैगरी बंगलादेश १८२औं, भुटान १८६औं, श्रीलंका २०० र पाकिस्तान २०४ स्थानमा छ।

विश्व वरीयताको शीर्ष स्थानमा बेल्जियम छ। ब्राजिल दोस्रो, विश्वकप विजेता फ्रान्स तेस्रो, इङ्ल्यान्ड चौथो र उरुग्वे पाँचौं स्थानमा छन्। शीर्ष १० मा पोर्चुगल, क्रोएसिया, कोलम्बिया, स्पेन र अर्जेन्टिना रहेका छन्।