दाेलखा । खाडीचौर–चरिकोट सडक खण्डमा हिलो र खाल्डा खुल्डीका कारण दैनिक सयाैँ यात्रुले सास्ती भोगिरहेका छन् । भने दैनिक टोजरले तानेर गाडी वारपार गराउनु पर्ने अवस्था छ ।
ठेकेदार कम्पनीको र परामर्शदाताको लापरबाही, सडक डिभिजन कार्यालय चरिकोटको बेवास्ताका कारण काठमाडौंदेखि चरिकोटसम्मको १ सय ३३ किलोमिटर दूरी तय गर्न १२ घण्टाभन्दा बढी समय लाग्ने यात्रुको गुनासो छ।
शनिवार बेलुका ६ बजेको समय देखि विहान ६ बजेको समय सम्म तिन दिन सवारी साधन आवगमन बन्द गर्ने निर्णय गरेको छ । चरिकोट देखि खाडिचौर सम्म सडक विभिन्न ठाँउहरुमा विग्रेको र मर्मत गर्नका लागि रातीको समयमा सवारी साधन आवत जावतमा रोक लगाएको डिभिजन सडक कार्यालय दोलखाले जनाएको छ ।
ठेकेदारको बदमासीका कारण समयमै सडक निर्माण नहुँदा दोलखा र सिन्धुपाल्चोकका नागरिकहरु जोखिमपुर्ण तरिकाले कठिन यात्रा गर्न बाध्य भएका छन् ।





प्रतिक्रिया