काठमाडौँ । सञ्चारका माध्यममा मात्रै होइन पार्टी र सरकारका मन्त्रीहरूबाट समेत सरकारको बचाउ हुन सकिरहेको छैन । त्यसैले प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला आफ्नो पकेटको सञ्चार माध्यमको खोजीमा छन् ।
हुन त सरकारी सञ्चार माध्यमहरू नेपाल टेलिभिजन, रेडियो नेपाल र गोरखापत्र उनकै मुखपत्र हुन् । तर सबैले यो कुरा थाहा पाएपछि तिनले पस्किने सामग्रीमा आमजनताले विश्वास गर्ने भएनन् । त्यसैले ओली यतिबेला ‘स्वतन्त्र सञ्चारमाध्यम’ स्थापनामा सहयोग पु¥याउँदैछन् ।
स्रोतका अनुसार ओलीको आर्थिक सदीक्षामा चाँडै नै नयाँ टेलिभिजन च्यानलको प्रार्दुभाव हुँदैछ । ओलीले प्रधानमन्त्री भएपछि आफ्नो प्रचार गर्न र विपक्षीलाई सत्तोसराप गर्नका लागि जनतासँग प्रधानमन्त्री टेलिभिजन कार्यक्रम सञ्चालन गर्दै आएका थिए । तर, जनतासँग प्रधानमन्त्री कार्यक्रमको प्रधानमन्त्रीबाट व्यापक दुरूपयोग भएको भन्दै आलोचना बढ्दै गएको र पार्टीले समेत यो कार्यक्रम बन्द गर्न सल्लाह दिएपछि ओलीले यही साउन १ गतेबाट जनतासँग प्रधानमन्त्री कार्यक्रम बन्द गराएका थिए ।
चर्को विरोध आउँदा पनि कार्यक्रम बन्द गर्न राजी नभएका प्रधानमन्त्रीलाई हप्तामा एउटा कार्यक्रमभन्दा पनि सरकारका सबै कुरा जनतासँग पु¥याउन एक टेलिभिजन खोल्न सुझाव दिएपछि ओली जनतासँग प्रधानमन्त्री कार्यक्रम बन्द गराई टेलिभिजन च्यानल खोल्नेतर्फ आकर्षित भएका छन् ।
जनतासँग प्रधानमन्त्री कार्यक्रमका प्रस्तोता मनोज पाण्डेकै अगुवाइमा ओलीका लागि नयाँ टेलिभिजन च्यानल स्थापनाको कार्य सुरु भएको हो । पाण्डेले ओलीकै आशीर्वादमा च्यानल खोल्ने सुरसार कसेका हुन् ।
पाण्डे सरकार गठन भएदेखि नै मन्त्रिपरिषद्का सदस्य र त्यसमा पनि प्रधानमन्त्रीको धेरै विरोध हुन थाले पनि उनले सञ्चार क्षेत्रलाई नियमन र नियन्त्रण गर्ने भन्दै नयाँ मिडिया काउन्सिल विधेयक ल्याएका थिए । यो विधेयक आएपछि थप आलोचनाको पात्र बन्न पुगेका ओलीले निजी सञ्चार माध्यमहरूले दैनिक पाउँदै आएको सूचनामा समेत बन्देज लगाएका थिए ।
सरकारले लुकाउन खोजेका कतिपय विषयहरू समेत निजी सञ्चारमाध्यमहरूले छाप्न थालेपछि जनतासँग प्रधानमन्त्री कार्यक्रमबाट मात्र ओलीले खण्डन गर्न सकेका थिएनन् । अहिले नेकपा निकट भनिएका कतिपय सञ्चार गृहले समेत प्रधानमन्त्रीको कार्यशैलीका कारण सरकार असफल भएको बताइरहेका छन् ।





प्रतिक्रिया