देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एक्कासी किन चीन हानिए काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्य ?

देशान्तर

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य चीन प्रस्थान गर्नुभएको छ । ल्हासा नगरसँग भगिनी सम्बन्ध विस्तार गर्नका लागि उहाँ त्यसतर्फ जानुभएको र यही साउन २१ गते स्वदेश फर्कनुहुनेछ । प्रमुख शाक्यसँग वडा न–ं १ का अध्यक्ष भरतलाल श्रेष्ठ, वडा नं २८ का अध्यक्ष भाइराम खड्गी, कार्यपालिका सदस्य हीरादेवी पोख्रेल, रश्मी खड्का, प्रशासन महाशाखा प्रमुख गणेशप्रसाद थपलिया, अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका यम बसेलसहित सहभागी रहेका महानगरले जनाएको छ ।

प्रमुख शाक्यले दुई नगरबीचको वाणिज्य सम्बन्ध, पर्यटन, शिक्षा तथा संस्कृति आदानप्रदान गर्ने विषय भेटका मुख्य उद्देश्य भएका बताउनुभयो । उहाँले भन्नुभयो, “नगर–नगरबीचको सम्बन्धलाई जनस्तरमा पु¥याउने कार्यक्रमलाई पनि छलफलका क्रममा प्राथमिकतामा राखिनेछ ।”

चीनमा रहँदा टोलीले उच्चस्तरीय भेटघाटसँगै तिब्बत्को पोटाला दरबार, जोखाङ् मन्दिर, सेरा मोनाष्ट्री, चार हजार ७१८ मिटर उचाइमा रहेको स्थानीय पर्यटकीय गन्तव्य नाम्को ताललगायतका स्थानमा भ्रमण गर्ने कार्यक्रम पनि तय गरिएको छ । प्रमुख शाक्यले आफू चीनमा रहँदा कार्यबाहक प्रमुखको जिम्मेवारी उपप्रमुख हरिप्रभा खड्गीलाई दिनुभएको छ ।