देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कक्षा १२ को नतिजा आज साँझ सार्वजनिक गर्ने परिक्षा बोर्डको तयारी

देशान्तर

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले बैशाखमा संचालित कक्षा १२ को नतिजा आज (सोमबार) साँझसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा प्रकाशनको तयारीमा कुनै प्राविधिक कठिनाई नआए बोर्डको बैठक बसेर प्रकाशितगर्ने सम्भावना रहेको सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

उनले लगभग धेरैजसो तयारी पूरा भएको र कुनै प्राविधिक बाधा अवरोध नभए नतिजा सार्वजनिक गर्ने तयारी भएको छ । कक्षा १२ को नजिता प्रकाशित गर्न बोर्डको बैठक आज सोमबारदिउँसो ४ बजेलाई डाँकिएको छ ।

परीक्षामा ४ लाख २८ हजार ५२ जना विद्यार्थी सहभागी छन् । साधारण तथा प्राविधिक विषय समूहका नियमति, ग्रेडवृद्धि र आंशिक परीक्षार्थीको परीक्षा देशभरका १ हजार १ सय ७ परीक्षाकेन्द्रमा भएको थियो ।

मनाङबाट सबैभन्दा थोरै एक सय १० र काठमाडौंबाट एक लाख ३४ हजार एक सय १५ जना विद्यार्थीले परीक्षा दिएका थिए । गतवर्षदेखि सबै संकाय र विषयको रिजल्ट एकैदिन गर्ने गरिएको छ । त्यसअघि विज्ञान संकाय र अन्यको छुट्टाछुट्टै दिनमा नतिजा प्रकाशन हुन्थ्यो ।