देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

म्याग्दी स्वास्थ्य कार्यालयका निमित्त प्रमुखसहित ४ जना घुसरकमसहित रंगेहात पक्राउ

देशान्तर

काठमाडौं । जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त कार्यालय प्रमुख जनस्वास्थ्य निरीक्षक सहित ४ जना कार्यालयमै घुसरकमसहित रंगेहात पक्राउ परेका छन्।

पोखरास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई १ लाख ३० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा कार्यालयबाटै पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

पक्राउ पर्नेमा जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त कार्यालय प्रमुख जनस्वास्थ्य निरीक्षक भीम प्रसाद आचार्य, स्टोरकिपर अधिकृत छैठौं रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र हलुका सवारी चालक भवदत्त जैसी छन्। कार्यालयबाट सञ्चालित विभिन्न कार्यक्रमवापतको पेश्की फछर्यौट गरिदिने बहानामा सेवाग्राहीसँग घुस रकम लिइरहेको अवस्थामा उनीहरुलाई कार्यालय हाताबाटै आइतबार पक्राउ गरिएको प्रवक्ता कोइरालाले बताए। कार्यालय परिसरबाटै रङ्गेहात नियन्त्रणमा लिएका ४ जनाविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। अनुसन्धानपछि उनीहरुमाथि भ्रष्टाचारको मुद्दा दायर गरिनेछ।