देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

डेजाभु क्लबका अध्यक्ष मनोज श्रेष्ठ पक्राउ

देशान्तर

काठमाण्डौ । डेजाभु क्लबका अध्यक्ष मनोज श्रेष्ठ पक्राउ परेका छन् ।

हङकङबाट नेपाल आउने क्रममा एयरपोर्टबाट पक्राउ परेको केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए । काठमाडौं दरबारमार्गस्थित क्लब डेजाभु मर्मत गर्न २ करोड रुपैयाँ लिएका थिए । तर, रकम फिर्ता गर्दा चेक दिइएको खातामा रकम नभएपछि महानगरीय प्रहरी परिसर काठमाडौंमा गत पुस १३ गते बैंकिङ कसुर अपराधमा जाहेरी दर्ता गरेका थिए।

बैंकिङ कसुर मुद्दामा फरार रहेका श्रेष्ठविरुद्ध महानगरीय प्रहरी कार्यालय काठमाडौंको अनुरोधमा प्रहरीले माघ १५ गते डिफ्युजन नोटिस जारी गरेको थियो। श्रेष्ठलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको छ ।