देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रिक्त रहेको पर्यटन मन्त्रालयको जिम्मेवारी युवा नेता भट्टराईलाई

देशान्तर

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा योगेश भट्टराईलाई नियुक्ति गरेका छन् ।

उनले अहिले अपरान्ह ४ बजे सपथ हुदैछ । ओलीले मन्त्रिपरिषद विस्तार गर्दै भट्टराईलाई पर्यटनमन्त्रीको जिम्मेवारी दिएका हुन् । राष्ट्रपतिले भट्टराईलाई ४ बजे मन्त्रीको सपथ गराउने छिन् ।

भट्टराई ताप्लेजुङबाट निर्वाचित सांसद रहेका भट्टराई नेकपाका स्थायी समिति सदस्यसमेत हुन । गत फागुन १५ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि उक्त मन्त्रालय मन्त्रीविहीन थियो ।

प्रधानमन्त्रीले नै मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । भट्टराई नेकपामा नेपाल पक्ष्ँका हुन । विद्यार्थी काल देखि राम्रो राजनितिक क्षवी बनाएको भट्टराई सरकार प्रबेश भने पहिलो पटक हो ।