देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पर्यटनमन्त्री भट्टराईले लिए सपथ,आजबाट नै परिक्षा सुरु

देशान्तर

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले सपथ लिएका छन् । भट्टराईले अपराहृन राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गरेको केही घण्टामा नै उनले शपथ लिएका हुन् । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आएको आजबाट प्रधानमन्त्री ओलीले यो जिम्मेवारी नेता भट्टराईलाई सुम्पिएसिँगै अब भट्टराईको पनि परिक्षा सुरु भएको छ ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरु तथा उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो । यसअघि चुनावका बेला ताप्लेजुङमा भएको चुनावी सभामा ओलीले ुयोगेशलाई जिताएर पठाउनुस् मन्त्री बनाउने काम मेरो भयोु भन्ने अभिव्यक्ति नै दिएका थिए । भट्टराईले नेपाली कांग्रेसका उम्मेद्वार केशवप्रसाद दाहाललाई २ हजार भन्दा बढी मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।