काठमाडौं । ललितपुरको नख्खुस्थित कारागारमा दुई कैदीबीच हानाहान हुँदा एक जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान भएको हानाहानमा परी कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका बर्दियाका पूर्णबहादुर राजीको मृत्यु भएको जेलर वेदप्रकाश अर्यालले बताए।
कारागार प्रशासनका अनुसार राजीलाई केहीवेरअघि कर्तव्य ज्यान मुद्दाका पवनकुमार महतोले भुइँमा विच्छ्याइएको ब्लकले प्रहार गरेका थिए ।
घटनालगत्तै, राजीलाई वीर हस्पिटल भर्ना गरिएको थियो भने महतोलाई ललितपुर प्रहरी परिसर, जावलाखेलले नियन्त्रणमा लिएको छ ।
विवादको कारण खुल्न सकेको छैन ।





प्रतिक्रिया