काठमाडौं । गत बिहीबार स्थगित भएको नेपाल सरकारको नियमित पत्रकार सम्मेलन आज हुने भएको छ ।
सरकारले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न प्रत्येक बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने गरेको छ । तर गत बिहीबारको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले गत बिहीबार बिशेष कारणवस हुन नसकेको पत्रकार सम्मेलन आइतबार दिउँसो ३ बजे राखिएको जानकारी दिएका छन् ।





प्रतिक्रिया