देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाग्लुङमा पहिरो : एक जनाको मृत्यु, दुई बेपत्ता

देशान्तर

बाग्लुङ । अविरल वर्षासँगै आएको पहिरोले पुरीएर बाग्लुङमा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्।  तमानखोला गाउपालिका–४ लाम्मेलामा पहिरोले घर पुरिँदा लम्मेका  ३५ वर्षीया सन्तकुमारी श्रीपालीको मृत्यु भएको हो।

७० वर्षिया अन्सारी श्रीर्पाली र १२ वर्षीय प्रविण श्रीपाली बेपत्ता रहेको प्रहरीले जनाएको छ। आइतबार राति अन्दाजी एक बजे तिर गएको पहिरोलेले लाम्मेल शिवपुरीमा घर पुरिएको वडाध्यक्ष उदिन छन्त्यालले बताए। वडाध्यक्ष छन्त्यालका अनुसार पहिरोले पुरिएर ज्यान गुमाएकी ३५ वर्षी सन्तकुमारी श्रीपालीको शव बाहिर निकालिएको छ। त्यस्तै अन्सारी श्रीपाली र प्रवीण श्रीपालीको खोजी कार्य जारी रहेको बताइएको छ।

घटनास्थलमा प्रहरी पुगिसकेको र स्थानीयको सहयोगमा उद्धार कार्य जारी रहेको अध्यक्ष छन्त्यालले जानकारी दिए। पहिरोमा परी घाईते भएका ६ जनाको उद्धार गरिएको र उनिहरुलाई उपचारको लागि पठाउने तयारी भैरहेको पनि वडाध्यक्ष छन्त्यालले जानकारी दिए। तमानखोला गाउपालिका अध्यक्ष जोकलाल बुढाले बिपद घडीमा सबैले सहयोग गर्न स्थानीयवासीमा आग्रह गरेका छन्।