देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चिनियाँ कम्पनी सिनो हाइड्रोलाई मेलम्चीको ठेक्का  दिने तयारी

देशान्तर

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोलाई दिने तयारी गरिएको छ । मेलम्ची विकास समिति स्रोतका अनुसार हेडबक्स र सुरुङ फिनिसिङका दुई ठेक्का सिनो हाइड्रोले पाउने निश्चित भएको हो । गत २९ मंसिरमा इटालियन कम्पनी सिएमसीले छाडेर गएपछि मेलम्चीको काम रोकिएको थियो ।
मेलम्चीका बाँकी काम गर्न सिनो हाइड्रो र नेपाली कम्पनी हाई हिमालय रमन जेभीले प्रस्ताव हालेका थिए । समितिले दुवै कम्पनीको मूल्यांकन गरेर फाइल आयोजनाको लगानीकर्ता एसियाली विकास बैंक एडिबीमा पठाएको छ । अहिले एडिबीले मूल्यांकन गरिरहेको समितिका अधिकारीहरुले जानकारी दिएका छन् । सिनो हाइड्रोको अनुभव र प्रस्ताव हेर्दा ठेक्का उसैले पाउने निश्चित समितिका सदस्यले बताएका छन् ।